तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापको मन्थली–सेलेघाटस्थित तामाकोशीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका वडा न-६ मसानेटारमा यात्रुवाहक बस आज बिहान करिब ११ बजे दुर्घटना भएको छ ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सडकबाट ५० मिटर तल तामाकोसी नदीमा खसेको र बस नदीको बिचमा डुबेको प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जनाएको छ ।

घटनास्थलमा उद्धारका लागि प्रहरी पुगेको छ । दुर्घटनामा परेका १० जनाको उद्धार गरिएको भए पनि थप क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button