तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु 

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ८ बजे दाङको घोराही उपमहानगरपालिका–१६ सेवा खोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु.प्र ०२–००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी रेशम बोहराका अनुसार उक्त मोटरसाइकल अनियन्त्रित भएर सेवा खोलाको निर्माणाधीन पुलबाट खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र पछाडि सवार दाङकै तुलसीपुर उपमहानगरपालिका–१७ झिँगेका ३९ वर्षीय कमल वलीको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button