बैतडीमा एक पुरुष मृत फेला
बैतडी। बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको सिगास गाउँपालिका वडा न-१ दुदीलाखानका अन्दाजी ३६ वर्षका खडक बिष्ट घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।
हिजो बिहान घरबाट हिँडेका बिष्ट आज बिहान स्थानीयले घर नजिकै बाटोमा घोप्टो परेको अवस्थामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बाटोमुनि बिष्ट मृत अवस्थामा भेटिएको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटिएको छ ।








प्रतिक्रिया राख्नुहोस्