प्रथम बागमती सालक सम्मेलन सुरु
चितवन। बागमती प्रदेश स्तरीय प्रथम सालक सम्मेलन चितवनको माडिमा सुरु भएको छ।

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजन सम्मेलन सुरु भएको हो ।
प्रदेशको बन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालको अध्यक्षता एवम् बन मन्त्री भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षण गर्नुपर्ने कारण, अवैध सिकार तथा तस्करीका चुनौती र भावी कार्यदिशाबारे विस्तृत छलफल गरिनुका साथै सालकको वासस्थान तथा आहार संरक्षणका विषयमा छलफल गरिने बताइएको छ । एक दिने सम्मेलनले ‘माडी घोषणा–पत्र’ जारी गर्दै सालक संरक्षणलाई अभियानका रूपमा अघि बढाउने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्