धनुषामा निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गरिने

जनकपुरधाम । धनुषा जिल्लामा निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गरिने निर्णय भएको छ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा सचेत गराउने, सामग्री जफत गर्ने, स्पष्टीकरण सोध्ने, एक लाख जरिवाना गर्ने वा उम्मेदवारीसम्म खारेज गर्न सकिने व्यवस्था छ।
त्यस्तै, जिल्लामा निर्वाचन आचारसंहिता अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बुद्धराम मल्ललाई अधिकृत तोकिएको छ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले आचारसंहिता राजनीतिक दलको सहमतिमा बनेकोले यसको उल्लङ्घनले उम्मेदवारलाई मात्र नभई दललाई पनि नोक्सान हुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले उम्मेदवार, कर्मचारी, राजनीतिक दल र नागरिक सबै आचारसंहिता पालना गर्न जिम्मेवार हुने उल्लेख गर्दै, धनुषामा माघ २१ गतेदेखि नेपाली सेना परिचालन गरिएको जानकारी दिनुभयो।
छलफलमा राजनीतिक दल, उम्मेदवार, कार्यालय प्रमुख र सञ्चारकर्मीहरूले सहभागिता जनाएका थिए।








प्रतिक्रिया राख्नुहोस्