तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा मतपत्र छपाइको निरीक्षण

प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते नै एकै चरणमा हुन्छ :  प्रधानमन्त्री कार्की 

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानो ठिमीमा भइरहेको मतपत्र छपाइको स्थलगत निरीक्षण गर्नुभएको छ । 

निरीक्षणपछि पत्रकारसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएको मिति फागुन २१ गते नै एकै चरणमा हुने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले दुई चरणमा चुनाव नहुने स्पष्ट पार्नुहुँदै सबैलाई निश्चिन्त रहन आग्रह गर्नुभयो । “दुई चोटी कहीँ हुनेवाला छैन, तोकिएकै मितिमा चुनाव हुन्छ, ।” उहाँले भन्नुभयो । 

उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन मौसम पनि राम्रो हुने बताउनुभयो । “त्यो दिन  मौसम पनि राम्रो हुने र मौसम पूर्वानुमान गर्दा हिउँ पर्दैन कि भन्ने जानकारी प्राप्त भएको छ ।”, उहाँले भन्नुभयो । मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो भन्दै उहाँले अब जनताले छाप लगाउन मात्रै बाँकी रहेको बताउनुभयो ।

उहाँले निर्वाचन सम्पन्न भएसँगै निर्वाचन परिणाम पछि बन्ने नयाँ सरकारलाई हस्तान्तरण गरेर आफू घर फर्कने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button