तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरमा माघ २५ गतेबाट एचपिभि खोप

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा माघ २५ गते देखि महिलाको पाठेघरमा लाग्ने क्यान्सर रोगबाट जोगाउनका लागि एचपीभि खोप अभियान सञ्चालन गरिने भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको अध्यक्षतामा बसेको बैठकबाट माघ २५ गतेबाट खोप अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।

माघ २५ गतेबाट शुरु हुने खोप अभियान फागुन १० गतेसम्म सञ्चालन गरिने भएको छ । ११ वर्ष देखि १४ वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सुनिता यादवले जानकारी दिनु भयो ।

निःशुल्क रुपमा प्रदान गरिने एच पि भि खोप लिइसकेका  बालबालिकाहरूमा पाठेघरमा लाग्ने क्यान्सर रोग नलाग्ने भएकाले सवैका लागि महत्वपूर्ण रहेको छ ।  

जनकपुरधाम उपमहानगरपालिकामा ४ हजार २ सय ८९ जना सो उमेर समूहका वालिका किशोरीहरू रहेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख मनोज साहले एच पि भि खोप महत्वपूर्ण भएकाले कसैलाई पनि छुटाउन नहुने बताउनु भयो । जनकपुरधाममा रहेका २५ वडामा रहेका विद्यालयहरूमा पुगेर खोप दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button