काँग्रेस केन्द्रीय कार्यालयका सचिव दुलाललाई कावा मुख्य सचिवको जिम्मेवारी
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ ।
पार्टी सभापति गगनकुमार थापाले आज उहाँलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोक्नुभएको हो ।
साथै सभापति थापाले काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिनुभएको राजीनामा स्वीकृत गर्नु भएको अर्का सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्