तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोग र सरकारी सञ्चार तथा नियामक निकायबीच सम्झौता पत्र आदानप्रदान

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोग नेपाल र सरकारी सञ्चार तथा नियामक निकायबीच आज सम्झौता पत्र आदानप्रदान भएको छ ।

निर्वाचन प्रचार प्रसार एवम् मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन गतिविधि, सूचना, सन्देश, प्रोमो तथा निर्वाचन विशेष कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको निर्वाचन आयोगले जनाएको छ ।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त द्वय डा.जानकी कुमारी तुलाधर र सगुन शमसेर ज.ब.रा., आयोगका सचिव कृष्ण बहादुर राउत लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button