तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारले आफ्नो ओज घटाउन हुन्न’

बर्दिया । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले पत्रकारहरूले आफ्नो ओज घटाउन नहुने बताउनुभएको छ । उहाँले निर्वाचनको समयमा पत्रकार आचार संहिताको पूर्ण रुपमा पालना गरेमा पत्रकारको गरिमा नघट्ने बताउनुभयो । 

प्रेस काउन्सिलले नेपालको आयोजना र पत्रकार महासङ्घ बर्दियाको समन्वयमा निर्वाचन आचार संहिता र सञ्चार माध्यम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिता भित्र पत्रकारहरू पनि पर्ने हुनाले सम्पूर्ण पत्रकार र सञ्चार माध्यमले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्ने बताउनुभयो । 

सञ्चार माध्यम मात्र नभएर पत्रकारिता गरिरहेका पत्रकारहरूले पनि सामाजिक सञ्जाल चलाउँदा आचार संहिताको पालना गर्नुपर्ने उहाँले बताउनुभयो । प्रेस काउन्सिलले सम्पूर्ण पत्रकार र सञ्चार माध्यमको अनुगमन र नियमन गरिरहेको उहाँको भनाई छ । 

अध्यक्ष डा. आचार्यले प्रेस काउन्सिलले सदैव पत्रकार, सञ्चार माध्यम र प्रेस स्वतन्त्रताको रक्षा गर्ने बताउँदै उहाँले दर्ता भएका सञ्चार माध्यम र पत्रकारहरूलाई फौजदारी अभियोगबाट जोगाएर पत्रकार आचारसंहिता अन्तर्गतको कारबाही गर्ने गरेको बताउनुभयो । 

कार्यक्रममा निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले पत्रकारहरूलाई निर्वाचन आचार संहिता पालना गर्न आग्रह गर्दै सबै पक्ष मिलेर निर्वाचनलाई सफल गराउनुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बर्दियाका पत्रकारहरूले पत्रकार आचार संहिता पूर्ण रुपमा पालना गरी जनतालाई सुसुचित गराइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button