स्थानीयको सक्रियतामा ४२ घरधुरीमा जोडियो राष्ट्रिय प्रसारणको बिजुली
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका ४२ घरधुरीमा राष्ट्रिय प्रसारणको बिजुली बलेसँगै स्थानीयमा खुशी छाएको छ ।

लामो समयदेखि राष्ट्रिय प्रसारण लाइनको बिजुलीको पर्खाइमा रहेका वडा नं. ३ र ४ का पहेले, भदौरे, लखने र टारी क्षेत्रका बासिन्दाहरू केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा शुरु भएपछि खुशी भएका हुन् ।

स्थानीय अगुवा चन्द्र आचार्य समेतको सक्रियता तथा स्थानीय बासिन्दाको करिब २५ दिनको निरन्तर श्रमदानले विद्युत् सेवा शुरु भएको हो । विकासका लागि राज्यको मात्र मुख ताक्ने प्रवृत्तिलाई छोडेर समुदायको श्रम, सहकार्य र एकताबाट छिटो लाइन सञ्चालनमा सहज भएको हो ।

अभियानलाई सफल बनाउन प्राविधिक र सामाजिक व्यक्तित्वहरूको महत्वपूर्ण योगदान तथा नेपाल विद्युत् प्राधिकरण सोलुखुम्बु शाखाको प्राविधिक समन्वयले कामलाई सहज बनाएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्