प्लानिङ ब्वाइज युनाइटेड एन्फा राष्ट्रिय लिग अङ्कतालिकाको पाँचौँ स्थानमा
काठमाडौँ । अङ्कविहीन काँक्रे बिहार क्लबमाथि ३–० को सहज जित हासिल गर्दै प्लानिङ ब्वाइज युनाइटेड एन्फा राष्ट्रिय लिगको अङ्कतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा प्लानिङलाई जित दिलाउन बबिन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे ।
लिगमा प्लानिङको यो तेस्रो जित हो । यो नतिजासँगै पाँच खेलमा १० अंक जोड्दै प्लानिङले दुई स्थान सुधार गर्यो । समान खेल खेलेको काँक्रे बिहारले सबैमा विपक्षीलाई नतिजा सुम्पिएको छ ।








प्रतिक्रिया राख्नुहोस्