पोखरामा साफ महिला यु–१९ शुरु, नेपाल भारतसँग पराजित
कास्की । पोखरामा पहिलो पटक भएको अन्डर–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा भारतले विजयी शुरुवात गरेको छ । भारतले शनिबार भएको खेलमा नेपाललाई हराउँदै विजयी सुरुआत गरेको हो ।

भारतले खेलको ४८ औँ मिनेटमा पल फर्नान्डेजले गरेको गोल नै निर्णायक बन्यो । साफ च्याम्पियनसिपको पहिलो खेलमा पराजय भोगेको नेपालले दोस्रो खेल सोमवार भुटानविरुद्ध खेल्ने छ । भारतले सोमबार बाङ्ग्लादेशसँग खेल्ने छ ।
त्यसै गरी शनिबार नै भएको पहिलो खेलमा बङ्गलादेशले भुटानलाई १२–० ले पराजित गर्दै नतिजा आफ्नो पक्षमा पार्यो ।
च्याम्पियनसिपमा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् ।








प्रतिक्रिया राख्नुहोस्