तपाईँ सुन्दै हुनुहुन्छः

बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक: प्रवक्ता

बेइजिङ । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गर्नुभएको छ । भ्रमण दुई देशबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा फलदायी भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार बताउनुभएको छ। 

प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “बेलायती प्रधानमन्त्रीको यो आठ वर्षमा पहिलो चीन भ्रमण हो र प्रधानमन्त्री स्टार्मर सन् २०२६ मा चीनले प्राप्त गर्ने संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्यको प्रथम नेता पनि हुनुहुन्छ । 

“चीन बेलायतसँग दुई देशका नेताहरूबीच भएको महत्वपूर्ण सहमति कार्यान्वयन गर्न र संयुक्त रूपमा दीर्घकालीन निरन्तर व्यापक रणनीतिक साझेदारी विकास गर्न तयार छ,” प्रवक्ताले भन्नुभयो। 

यसैबीच उइगुर अल्पसङ्ख्यक समूहविरुद्ध मानवअधिकार उल्लङ्घनको आलोचना गरेको भन्दै बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको प्रधानमन्त्री स्टार्मरले बताउनुभएको फ्रान्सको समाचार समिति एएफपीले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button