तपाईँ सुन्दै हुनुहुन्छः

नासियाद्वारा नेपाल पुनः निर्माण कोषलाई करिब ९ लाख रुपैयाँ सहयोग

काठमाडौँ । अमेरिकामा बस्ने नेपालीहरूको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया)ले नेपाल पुनः निर्माण कोषका लागि करिब ९ लाख रुपैयाँ बराबर सहयोग गरेको छ।

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई ६ हजार १२८ अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा उहाँले जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुनर्स्थापनाका लागि यो रकम सङ्कलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई–नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराउनुभएकामा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपालमा अप्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीहरूले गर्दै आएको सहयोगको सह्राना गर्नुभयो । 

“जब यहाँ हामी समस्यामा हुन्छौँ, कुनै विपद् वा महामारी हुन्छ, तपाईँहरू विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ । खाई–नखाई रकम जम्मा गरेर सहयोग गर्नुहुन्छ । यही हो नेपालीपन भनेको । आखिर आफ्नो देश आफ्नै हुन्छ ।”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button