तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरीको रासन स्केल वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीले प्राप्त गर्दै आएको रासन स्केल वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको रासन स्केल र रासनबापत प्राप्त हुने दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृह मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

मन्त्री अर्यालले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति –२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको पनि सरकारका प्रवक्ता एवं गृह मन्त्री अर्यालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button