तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाका कारण अवरुद्ध दाउन्नेमा दोहोरो यातायात सुचारु

नवलपरासी,पश्चिम्।महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा वर्षा पछि राजमार्ग हिलाम्य भएर अवरुद्ध सडक केहिबेर अघिदेखि सुचारु भएको छ ।

 राजमार्ग सुकेर सहज भएपछि दाउन्नेमा दोहोरो यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कुसल बर्तौलाले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

गए राती देखि अवरुद्ध रहेको सडक बिहीबार दिउसो साढे २ बजे सम्म दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर देखि दुम्कीवास बजार सम्म लामो जाम थियो ।  अहिले यातायात सुचारु छ कुनै समस्या छैन दोहोरो नै सुचारु छ बर्तौलाले भन्नुभयो ।

बुधवारको सामान्य झरीका कारण राजमार्ग हिलाम्य भएर उकालो चढ्न नसक्दा त्यहाँ ४ किलोमिटर राजमार्ग क्षेत्रमा जाम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button