तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातका कारण बुधवारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व। हिमपातका कारण बुधवारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधवार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

बुधवार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताउनुभयो । रुकुम पूर्वतर्फको तीन किलोमिटर सडकमा परेको हिउँ पन्छ्याइरहेको उहाँले बताउनुभयो ।

बागलुङले पनि आफ्नो क्षेत्रमा परेको हिउँ पन्छाएर सकिएमा मात्र सडक सञ्चालन हुने प्रनाउ यादवले बताउनुभयो । काठमाडौँबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिमपातका कारण पातिहाल्नामा फस्दा यात्रुलाई बुधवार उद्धार गरेर रुकुम पूर्व ल्याइएको थियो भने कतिपयलाई बागलुङको बुर्तिबाङ लगिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button