तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ।

बिहीबार उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। हाल उहाँलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुग्नुभएको छ। उहाँ ७२ वर्षको हुनुहुन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button