सबै जिल्लामा नमूना मतपत्र पुगिसकेको छ : आयोग
काठमाडौँ । मतदाता शिक्षा प्रयोजनका लागि सबै जिल्लामा नमूना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।
कूल १० लाख ९८ हजार २ सय नमूना मतपत्र छपाई भएको र ती मतपत्र मतदाता शिक्षाको लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालिकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाको लागि मतपत्र छपाई कार्य सम्पन्न भइसकेको प्रवक्ता भट्टराईले बताउनुभयो । बाँकी क्रमशः छपाई भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाई छ ।
समानुपातिक तर्फको मतपत्र छपाई कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्