तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातले नाग्म–गमगडी सडक पुन: अवरुद्ध

जुम्ला। नाग्म-गमगडी सडक पुन अवरुद्ध भएको छ ।

गत शनिवार भएको हिमपातले अवरुद्ध भएको सडक मङ्गलवार मात्रै खलेको थियो । मङ्गलवार राति बाट भएको भारी हिमपातले पुन नाग्म(गमगडी सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

वर्षा सँगै भारी हिमपात भइरहेकाले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा यात्रा नगर्न समेत सडक डिभिजनले अनुरोध गरेको छ ।साथै यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न समेत अपिल गरिएको छ ।

सडक डिभिजन जुम्लाका प्रमुख सन्तोष कुमार महताराले हिमपात जारी रहेकाले हिउँ पन्छाउन नसकिएको बताउनुभयो । अवरुद्ध क्षेत्रमा डोजर र जनशक्ति तैनाथ राखिएकोले हिमपात रोकिने बित्तिकै हिउँ पन्छाएर अवरुद्ध खुलाउने तयारी रहेको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button