तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (आठौँ तह) भरतकुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगले सार्वजनिक ओहदाको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगले अनुसन्धानका क्रममा आचार्यको स्रोत नखुलेको सम्पत्ति भेटिएपछि मुद्दा दायर गरिएको र सम्पत्ति जफत प्रयोजनका लागि आचार्यकी पत्नी लिली सुवेदीलाई पनि प्रतिवादी बनाएको उल्लेख छ ।

आचार्यको २०४८ माघ ६ देखि २०८० असार ६ सम्मको सम्पत्तिमा जाँचबुझ गर्दा आयभन्दा व्यय रकम बढी देखिएको भेटिएको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button