बालेन्द्र शाह कञ्चनपुरमा, तीन वटै निर्वाचन क्षेत्रमा भेटघाट
कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह कञ्चनपुर पुग्नुभएको छ । चुनावी प्रचारप्रसारका क्रममा कञ्चनपुर आइपुग्नु भएका शाहले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुभयो ।

कञ्चनपुर प्रवेश गरेपछि शाहले विभिन्न स्थानमा आयोजित कार्यक्रम तथा भेटघाटमार्फत पार्टीको सङ्गठन विस्तार र चुनावी तयारीबारे छलफल गर्नुभएको बताइएको छ । भेटघाटका क्रममा स्थानीय नेता कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रास्वपा कञ्चनपुरका अनुसार कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा पार्टीको गतिविधि प्रभावकारी बनाउने, कार्यकर्ता परिचालन तथा आगामी चुनावी रणनीतिबारे केन्द्रित छलफल भएको बताइएको छ । कञ्चनपुरपछि शाह पहाडी जिल्लातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्