तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र विधेयक सम्बन्धी विधायन समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस 

काठमाडौँ I राष्ट्रिय सभाको आजको बैठकमा चलचित्र विधेयक २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ ।

सभामा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुभयो ।

यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आर्थिक वर्ष २०८१÷८२ को समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक भोली दिउसो १ बजेर १५ मिनेटमा बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button