निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ I राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले फागुन २१ गते तोकिएको निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरी जनता र राजनीतिक दलहरूलाई आतङ्कित गर्ने काम भइरहेको भन्दै यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो ।
उहाँहरूले नेपालको सार्वभौमिकता जोगाउनका लागि पनि आगामी निर्वाचनमा सही उम्मेदवार छनोट गर्नुपर्ने भन्दै जनतालाई सचेत र जिम्मेवार बन्न अपिल गर्नुभयो ।
अनुसार भदौ २३ र २४ को जेन जी प्रदर्शनमा ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्न नसकिएको तथा भौतिक सम्पत्तिमा क्षति पुर्याउने र फरार कैदीहरू पक्राउ नभएको विषयमा आपत्ति जनाउँदै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सरकार जनताप्रति जिम्मेवार बन्न नसकेको, जबाफदेही भएर काम गन नसकेको र जेनजी आन्दोलनका बलमा बनेको सरकारका मन्त्रीहरू नै मैदान छोडेर हिँडेको भन्दै सरकारप्रति विश्वास गर्न सक्ने ठाउँ नहरेको बताउनुभयो ।
जेनजी आन्दोलनको अहिले संक्रमण कालिन अवस्थाको अन्त्यका लागि राष्ट्र निर्माणको साझा एजेण्डा के हो भन्ने विषयमा स्वस्थ बहस गरेर अगाडी बढ्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
बैठकमा सांसद गंगा कुमारी बेलबासे, नारायण दत्त मिश्र, सांसद गोपाल भट्टराई, राजेन्द्र लक्ष्मी गैरे, किरणबाबु श्रेष्ठ, गोपी बहादुर सार्की आछामीलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्