रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्यमा विजयी
काठमाडौँ । नेकपा एमालेकी प्रभावशाली नेतृ तथा पूर्व मन्त्री रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट विजयी हुनुभएको छ। आइतबार भएको मतदानको अन्तिम परिणाम अनुसार झाँक्रीले प्रतिस्पर्धी उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो।

निर्वाचन आयोगका अनुसार झाँक्रीले कुल ६ हजार ३३० मत प्राप्त गर्नुभएको छ। झाँक्रीको यो विजयलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ। विद्यार्थी राजनीतिदेखि नै आक्रामक र प्रखर छविका साथ चिनिनुभएकी झाँक्रीले यसअघि शहरी विकास मन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ।
विजयी घोषणा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘यो मेरो व्यक्तिगत जित मात्र नभई जनताको विश्वास र पार्टीको नीति तथा कार्यक्रमप्रतिको भरोसा हो। राष्ट्रिय सभामा देश र जनताको आवाजलाई अझ सशक्त रूपमा उठाउनेछु।’








प्रतिक्रिया राख्नुहोस्