राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीबाट काँग्रेस–एमाले गठबन्धनका शाही र रखाल निर्वाचित

जुम्ला। कर्णाली प्रदेशमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल काँग्रेस–एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।
एमालेबाट मिनासिंह रखाल र काँग्रेसबाट जुम्लाका ललितजंश शाही विजयी भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका दुवै उम्मेदवार पराजित भएका छन् ।
दैलेखको नारायण नगरपालिका घर भएकी एमाले नेतृ रखाल एमाले–कांग्रेसबीचको गठबन्धनबाट महिलातर्फ उम्मेदवार बन्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले प्रदेशसभातर्फ खसेको ३९ मतमा २६ र स्थानीयतर्फ खसेको १५२ मा ९३ मत प्राप्त गर्नुभयो भने उहाँको प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार अञ्जु महताराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, नेपाली काँग्रेसबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नुभएका ललितजंग शाही विजयी हुनु भएको । चन्दननाथ नगरपालिका वडा नं ५ घर भएका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गर्नुभएको छ।
कुल १९८ मतदाता सङ्ख्या मध्ये १९१ मत खसेको थियो । प्रदेशसभातर्फ ४० प्रदेशसभा सदस्य मध्ये ३९ जनाले मतदान गर्नुभएको छ भने स्थानीय तहतर्फ १५८ मतदाता सङ्ख्या मध्ये १५२ मत मात्रै खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्