एमाले र प्रलोपाबीच निर्वाचनमा सहकार्य गर्ने सहमति
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ मा सहकार्य गर्ने सहमति भएको छ।

सहमति अनुसार पश्चिम र पूर्व रुकुममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारका पक्षमा एमालेले मतदान गर्नेछ।
त्यसैगरी कर्णाली प्रदेशका हुम्ला, जुम्ला र राप्ती अञ्चलका केही जिल्लामा एमालेका उम्मेदवारका पक्षमा प्रलोपाले मतदान गर्ने सहमति भएको छ।
दुवै पार्टीले सहमति कार्यान्वयनका लागि आ–आफ्ना आन्तरिक पङ्क्तिलाई निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।








प्रतिक्रिया राख्नुहोस्