पाँचथर : आचार संहिता पालना गर्ने राजनैतिक दलहरूको प्रतिबद्धता
पाँचथर । पाँचथरका राजनैतिक दलहरूले निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय बैठकमा निर्वाचन आयोगले लागु गरेको आचार संहिता पालना गर्ने प्रतिबद्धता गरेका हुन् । प्रतिनिधि सभा सदस्यको निर्वाचन सभ्य तरिकाले सम्पन्न गर्न सबै राजनैतिक दलले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिनिधिहरुको भनाई छ ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लाको शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुमार मास्केले आचार संहिताका बुँदाहरू पढ्दै राजनैतिक दल, उम्मेदवार तथा सञ्चार माध्यमहरूलाई आचार संहिता पालना गर्न आग्रह गर्नुभएको छ ।
जिल्लामा १५ वटा राजनैतिक दलका १५ उम्मेदवारले प्रत्यक्ष तर्फ मनोनयन दर्ता गरेका छन् । निर्वाचन सव्य तरिकाले सम्पन्न गर्न प्रत्येक उम्मेदवार, राजनैतिक दल र सञ्चारकर्मीहरूले सकारात्मक भूमिका निर्वाह गर्न मुख्य निर्वाचन अधिकृत मास्केले आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्