डोटीमा ५० वर्षीय पुरुष मृत फेला
डोटी। डोटीको आदर्श गाउँपालिका–३ ऐलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
स्थानीय करिब ५० वर्षीय तुले लुहार आज (शनिवार) बिहान घर नजिकैको सडक किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घटनाबारे साही वडाका वडा सचिव छत्रराज पाठकले बिहान करिब साढे १० बजे जानकारी गराएपछि प्रहरी निरीक्षक पदमराज पन्तको कमान्डमा पाँच सदस्यीय प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।
मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।








प्रतिक्रिया राख्नुहोस्