पूर्वमन्त्री नन्दन दत्तको निधन
सुनसरी। पूर्वमन्त्री नन्दन दत्तको शुक्रवार राति निधन भएको छ।

बराहक्षेत्र नगरपालिका, मधुवन घर भएका ७० वर्षीय दत्तको ब्रेन स्ट्रोक (ब्रेन हृयामरेज)का कारण निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँ विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत हुनुन्थ्यो र उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
तत्कालीन मधुवन गाविसमा दुई पटक काँग्रेसबाट अध्यक्ष समेत भइसकेका दत्त २०६४ सालको संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरमबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिए।
सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउँदा २०६५ भदौ २ गते साबिकका चार गाविसका करिब ४२ हजार मानिस प्रभावित भएका बेला, सरकारले गठन गरेको जग्गा मुआब्जा तथा क्षतिपूर्ति निर्धारण उच्चस्तरीय आयोगको संयोजकको रूपमा पनि उहाँले काम गर्नुभएको थियो।
उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन्।








प्रतिक्रिया राख्नुहोस्