बैतडीसहित सुदूर पहाडमा हिमपात, किसानहरू खुसी

बैतडी । बैतडीमा आज हिमपातसहित वर्षा भएको छ ।

यहाँका आज उच्च लेकाली भेगमा हिमपातसँगै वर्षा भइरहेको छ । डडेल्धुरा, बझाङ दार्चुला , बैतडी जिल्लाको खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सत्बाझ लगायतका क्षेत्रमा हिमपात भएको छ, भने अन्य क्षेत्रमा वर्षा भइरहेको छ ।

असोज महिनादेखि वर्षा नभएपछि खडेरी भएको अवस्थामा शुक्रवारको वर्षाले यहाँका किसानहरूमा भने खुसीयाली छाएको छ ।









प्रतिक्रिया राख्नुहोस्