तपाईँ सुन्दै हुनुहुन्छः

तीन दिने कार्यक्रमसहित मधेश प्रदेश सभाले वार्षिकोत्सव मनाउने

जनकपुरधाम । मधेश प्रदेश सभा आठौँ वार्षिकोत्सव तीन दिने कार्यक्रमको आयोजना गरेर मनाइने भएको छ ।

आठौँ वार्षिकोत्सव कार्यक्रमको तयारी, व्यवस्थापन र समन्वयका विविध पक्षमा विस्तृत छलफल गर्ने उद्देश्यले भएको बैठकपछि माघ १९, २० र २१ गते विभिन्न कार्यक्रम गर्ने निर्णय भएको मधेश प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिनुभयो ।

वार्षिकोत्सवलाई समावेशी र प्रदेश सभाको गरिमालाई झल्काउने ढंगले सम्पन्न गरिने भएको छ । विगत वर्ष भन्दा यस वर्ष सो कार्यक्रमका लागि बजेट कम भए पनि कार्यक्रममा कुनै कमी हुन नदिने बरु केही कार्यक्रम थप हुने सभामुख यादवले जानकारी दिनुभयो ।

यस पटक मधेश प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष तथा मधेश प्रदेशका प्रसिद्ध अर्थशास्त्री प्राध्यापक डा. भोगेन्द्र झा व्यथितको अगुवाईमा मधेश प्रदेशको आर्थिक समृद्धिको विषयमा बहस हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button