तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले समयानुसार काँग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गर्नुभएको छ ।

केन्द्रीय कार्यालयमा आज पद बहाल गरेपछि उहाँले ‘बदल्यौँ काँग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाउनुभएको हो ।

“यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ, हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,” सभापति थापाले उल्लेख गर्नुभएको छ । आजै बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button