स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले तोकिएका उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले भक्तपुर जिल्लामा नेपाल सरकारको नाममा दर्ता रहेको ५ रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यस्तै बैठकले काभ्रेपलाञ्चोक जिल्लामा नेपाल सरकारको नाममा दर्ता श्रेष्ता कायम रहेको १ रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नं. ३ सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिने, प्रतिनिधि सभाबाट २०८१ साल फागुन २७ गते पारित भएको मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई २०८१ साल फागुन २७ गतेको अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्