रास्वपा सभापति लामिछाने १ करोड धरौटी बुझाई रिहा
वीरगञ्ज । पर्सा जिल्ला अदालतले सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग माग गरेको १ करोड धरौटी बापतको रकमका लागि बैङ्क ग्यारेन्टी बुझाएर रिहा हुनुभएको छ ।

रास्वपाका सभापति रवि लामिछाने प्रभु बैङ्कको बैक ग्यारेन्टी बुझाएर रिहा हुनुभएको पर्सा जिल्ला अदालतका तहसिलदार देवेन्द्रराज भट्टराईले बताउनुभयो ।
पर्सा जिल्ला अदालतले वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो ।
पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले आज भएको थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने निर्णय भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्