पाँचथरमा पन्ध्र जनाको उम्मेदवारी दर्ता
पाँचथर । प्रतिनिधि सभा निर्वाचनका लागी पाँचथरमा १५ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न राजनीतिक दलका १५ जना उम्मेदवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका हुन ।

मंगोल नेशनल अर्गनाइजेशनका राम कुमार तुम्रोक, श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र बिक्रम थाम्सुहाङ, नेकपा एमालेका आइन्द्र सुन्दर नेम्बाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेज कुमार कुरुम्बाङ, नेपाल कम्युनिष्ट पार्टीका हर्क बहादुर नेम्बाङ, नेपाली कांग्रेसका नरेन्द्र कुमार केरुङ, राष्ट्रिय परिवर्तन पार्टीका टेक बहादुर सुब्बा, नेपाल जनमुक्ति पार्टीका नरेन्द्र प्रसाद कुरुम्बाङ, राष्ट्रिय अग्रगामी गठबन्धनका मित्र लिङदेन, नेपाल मजदुर किसान पार्टीका लक्षुमन तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विजय नेम्बाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाक र जनता समाजवादी पार्टीका मचिन्द्र प्रसाद बेघा ले मनोनयन दर्ता गरेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्