तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा विभिन्न पार्टीका उम्मेदवारद्वारा मनोनयन दर्ता 

अछाम । दुई वटा निर्वाचन क्षेत्र रहेको अछाममा फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । 

निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसबाट भरत कुमार स्वार, नेकपा एमालेबाट दिपक साउद, नेपाली कम्युनिस्ट पार्टीबाट डा। भिम रावलले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओम प्रकाश रावलले उम्मेदवारी दर्ता गराएका छन् । 

अछाम निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेस बाट पुष्प बहादुर शाह, नेकपा एमालेबाट यज्ञ बहादुर बोगटी, नेपाली कम्युनिस्ट पार्टीबाट बल बहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुपदेव शाह, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट शेर बहादुर बिक (दर्शन) र नेपाल मजदुर किसान पार्टीबाट झंकर बहादुर शाही लगायतले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button