सोलुखुम्बुमा १० जनाको उम्मेदवारी दर्ता
सोलुखुम्बु । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा सोलुखुम्बुबाट १० दलले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसबाट प्रकाशसिंह कार्की, नेकपा एमालेबाट कल्पना राई र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट असीम राईलाई प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाएका हुन ।
त्यस्तै, श्रम संस्कृति पार्टीबाट बियस राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ऋषिधन थुलुङ राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र बस्नेत, नेपाल मजदुर किसान पार्टीबाट कमल बहादुर मगर, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट मन कुमार गुरुङ, उज्यालो नेपाल पार्टीबाट पेम्बा छिरी शेर्पा र जसपाबाट लाक्पा शेर्पाले उम्मेदवारी दिनुभएको छ । यस पटक पुराना दल तथा नयाँ दलबाट अधिकांश नयाँ अनुहारले दलको टिकट पाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्