धनुषा-३ बाट रास्वपाका प्रवक्ता झाद्वारा उम्मेदवारी दर्ता
जनकपुरधाम। धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं ३ वाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टीका केन्द्रीय प्रवक्ता मनिष झाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सामान्य कार्यकर्ता सहित धनुषा निर्वाचन क्षेत्र न-३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गराउने क्रममा पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका प्रवक्ता झाले पुराना पुस्ताका नेताहरूलाई प्रकृतिले नै आराम गर्ने अवस्था सृजना गरेकाले नयाँ पुस्ताका आफूहरू स्पष्ट एजेण्डा सहित निर्वाचनमा आएको बताउनुभयो ।

उहाँले पुराना पुस्ताले देशका लागि जे जति गर्नु भयो त्यसका लागि आभार तथा धन्यवाद दिँदै अव नयाँ नेपाल बनाउने अभिभारा नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि पनि आग्रह गर्नुभयो ।
रास्वपाका प्रवक्ता झा आफ्नो पार्टीसँग देश, सङ्घीयता र संविधानलाई मजबुत बनाउने स्पष्ट खाका भएकोले आफूहरू प्रति जनताको विश्वास बढ्दो मात्रामा रहेको दाबी गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सुरक्षाका दृष्टिकोणलाई ध्यानमा राखेर मनोनयन पत्र दर्ताका लागि कार्यालय परिसर भित्र बढीमा पाँच जनालाई मात्र प्रवेश गर्न दिइएको छ ।
यस अघि नेपाली कम्युनिस्ट पार्टीका रामललित मण्डल र श्रम संस्कृति पार्टीका सद्दाम हुसेनलले उम्मेदवारी दर्ता गराई सक्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३१ जनाले फारम लगेको जानकारी दिएको छ ।
धनुषा ३ वाट नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, नेकपा एमालेका नेत्री जुली कुमारी महतोको उम्मेदवारी पर्ने तयारी भएको छ ।








प्रतिक्रिया राख्नुहोस्