बाजुरामा मनोनयन दर्ता प्रक्रिया सुरु
बाजुरा। बाजुरामा मनोनयन दर्ता सुरु भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभर १ सय ६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुँदै छ । एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा मनोनयन दर्ता सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालय रहेको सदरमुकाम मार्तडीमा जिल्लामा क्रियाशील राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने प्रक्रिया १२ बजे बाटै सुरु गरिएको मुख्य निर्वाचन अधिकृत संजिब पोख्रेलले बताउनुभयो ।
मनोनयन गर्ने समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । सबै दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । हाल सम्म स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार हेमराज थापाले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ।भने बाँकी दलहरू मनोनयन दर्ता प्रक्रियामा छन्।








प्रतिक्रिया राख्नुहोस्