तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मनोनयन दर्ता सुरु 

नेपालगन्ज। बाँकेमा मनोनयन दर्ता सुरु भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभर १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुँदै छ । तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा मनोनयन दर्ता सुरु भएको मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालले बताउनुभयो ।

Oplus_131072

क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय अगैयास्थित राप्तीसोनारी गाउँपालिका, क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जस्थित पशु सेवा तालिम केन्द्र र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय खजुरास्थित कपास विकास समितिमा स्थापना गरिएको छ ।

सबै निर्वाचन क्षेत्रमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको छ । सबै दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button