तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्त्वपूर्ण योगदान हुन्छ: पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताउनुभएको छ ।

तामाङ समुदायले मनाउने सोनाम ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले प्रत्येक जातजाति तथा धर्मावलम्बीका आ–आफ्नै मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालीहरूले आफ्नै मौलिक पहिचानसहित मनाउने पर्वले आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सहसंयोजक नेपालले मुलुकको भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई एकापसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्त्वपूर्ण योगदान रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button