यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु
सुनसरी । धरानमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ दुई दर्जन बढी घाइते भएका छन् ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धरानको जिरो पाइन्टमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईका अनुसार दुर्घटनामा ३ जना पुरुष र २ जना महिलाको मृत्यु भएको प्रारम्भिक सूचनामा उल्लेख छ । घाइतेहरूलाई धरानका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको र केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको गाडी ब्रेक फेल भएर घुम्तीमा रहेको घरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ । गाडी इस्टर्न एजुकेसन प्रालीको नाममा दर्ता भएको कागज भेटिएको छ ।








प्रतिक्रिया राख्नुहोस्