तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिनुभएको छ ।  निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । 

यद्यपि उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्रीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहोरात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सराहना गर्नुभयो । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिँदै त्यस सम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरूलाई अवगत गराइने  बताउनुभयो । 

त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउत लगायत आयोगका उच्च अधिकारीले अर्थमन्त्रीलाई निर्वाचन तयारीबारे गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button