मधेश प्रदेश: निवर्तमान दुई मुख्यमन्त्री सहित चार जना उम्मेदवार
जनकपुरधाम । मधेश प्रदेशमा आगामी निर्वाचनका लागि नेकपा एमालेले दुई निवर्तमान मुख्यमन्त्रीलाई उम्मेदवार बनाउने भएको छ । फागुन २१ गते हुँदै गरेको प्रतिनिधि सभा निर्वाचन लागि निवर्तमान मुख्यमन्त्रीद्धय सरोज कुमार यादव र सतिष कुमार सिंहलाई नेकपा एमालेले चुनावी मैदानमा अगाडी सार्ने निर्णय गरेको हो । मधेस प्रदेशको मत प्रति संवेदनशील हुँदै एमालेले आगामी निर्वाचनमा अपेक्षित मत परिणामका लागि उहाँहरूलाई उम्मेदवार बनाइएको बताएको छ ।

नेकपा एमाले संसदीय दलका नेता समेत रहनुभएका यादवलाई महोत्तरीको निर्वाचन क्षेत्र नंं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको हो ।
यसका साथै यस अघि जनमत पार्टीबाट निर्वाचित भएर मधेश प्रदेशका मुख्यमन्त्री बन्नु भएका सिंहलाई सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नंं २ वाट उम्मेदवार बनाउने निर्णय गरेको छ । सप्तरी जिल्लामा राम्रो प्रभाव भएका कारणले सिंह यस अघि स्थानीय तहको प्रमुखको रुपमा २०७४ सालको निर्वाचनमा निर्वाचित हुनु भएको थियो ।

मधेश प्रदेशका ३२ सिट मध्ये २७ सिटको टुङ्गो लगाएको नेकपा एमालेले मधेश प्रदेश सभाका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई धनुषाको निर्वाचन क्षेत्र नंं १ वाट उम्मेदवार बनाउने गरि सिफारिस गरेको छ । यसै गरि मधेश प्रदेशका पूर्व खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवाललाई पर्सा जिल्लाको निर्वाचन क्षेत्र नंं ३ वाट उम्मेदवार बनाउने निर्णय गरेको एमालेका प्रदेश कमिटीले जनाएको छ ।

यसै बीच मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहल आफूले एमालेलाई समर्थनका लागि आग्रह गरेकोमा आफ्नो नाउँ नै पार्टीमा सिफारिस गरेपनि आफूले स्वाभिमान पार्टीबाट उम्मेदवारी दिने बताउनु भयो । प्रतिनिधि सभाको चुनावमा मधेश प्रदेश सभाका एमालेका ३ जना निर्वाचित सदस्यहरु उम्मेदवार बनेपछि मधेश प्रदेशमा एमालेको सङ्ख्या २२ मा झर्ने भएको छ ।









प्रतिक्रिया राख्नुहोस्