सोलुखुम्बुमा राईलाई दियो एमालेले टिकट
सोलुखुम्बु। नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुबाट नेकपा एमालेका जिल्ला सचिव कल्पना राईलाई प्रतिनिधि सभा सदस्यको टिकट दिइएको छ । राई यसअघि सोलुदुधकुण्ड नगरपालिकाको पूर्व उपमेयरसमेत हुनुहुन्छ ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा यसअघि निवर्तमान रक्षामन्त्री तथा एमाले केन्द्रीय सदस्य मानवीर राई निर्वाचित हुनुभएको थियो । यसपटक पार्टीले नयाँ उम्मेदवारका रूपमा कल्पना राईलाई अघि सारेको हो ।
पार्टी नेतृत्वले सङ्गठनात्मक अनुभव, स्थानीय तहमा गरेको काम र पार्टीप्रतिको योगदानलाई आधार मानेर उम्मेदवार चयन गरिएको जनाएको छ । उम्मेदवारी घोषणापछि सोलुखुम्बुमा एमालेको चुनावी गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्