तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी अन्तिम रुप दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका प्रवक्ता मनिष झाले बैठकमा वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सहभागी हुने बताउनुभयो ।

शाहले आजै प्रमुख पदबाट राजीनामा बुझाउँदै हुनुहुन्छ । रास्वपाको केन्द्रीय कार्यालय चमतिमा बस्ने सो बैठकमा पार्टी सभापति रवि लामिछानेसहित वरिष्ठ नेताहरूको सहभागिता रहने प्रवक्ता झाले जानकारी दिनुभयो । पार्टी सभापति लामिछाने, नेता शाहलगायत अन्य नेताहरू आजै साँझ जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button