डडेल्धुरामा एमालेबाट चक्रप्रसाद स्नेही चुनावी मैदानमा,अरू को–को छन् उम्मेदवार ?
डडेल्धुरा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेकपा एमालेले पूर्व राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीलाई अघि सारेको छ । पार्टीले सुची सार्वजनिक गर्दै स्नेहीलाई डडेल्धुराबाट उम्मेदवारका रुपमा अघि सारेको एमाले डडेलधुराले जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टी नेकपाले मानसिंह माललाई प्रतिनिधिसभा सदस्यका रुपमा अघि सारेको छ । त्यस्तै नेपाली काँग्रेस भने अहिलेको पार्टीभित्रको बिषम परिस्थितिका कारण मौन देखिन्छ । यस अघि काँग्रेस सभापति शेरबहादुर देउवाको एकलनाम सिफारिस गरिएकोमा पार्टीको आधिकारिकताका विषयमा विभिन्न गतिविधिहरू भैरेकाले काँग्रेस स्पष्ट हुन नसकेको पार्टीले जनाएको छ ।
शेरबहादुर देउवा चुनाव लड्ने वा नलड्ने विषयको टुगों नलागेकाले अहिले डडेल्धुराबाट चुनाव नलड्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर ढकालले प्रतिक्रिया जनाउनु भएको छ । ढकालले अहिलेलाई रास्वपाका जिल्ला सभापति सुरेन्द्र अवस्थीलाई सघाउने बताउनुभयो । ढकालले यस अघि २०७९मा सम्पन्न निर्वाचनमा शेरबहादुर देउवा विरुद्ध स्वतन्त्र चुनाव लड्नु भएको थियो । १३ हजार मत प्राप्त गर्दै देउवाको निकटतम प्रतिद्धन्दीका रुपमा ढकाल रहनु भएको थियो । उज्यालो नेपालबाट रास्वपामा आउनु भएका सुदूरपश्चिम प्रदेश संसद् डा.तारा प्रसाद जोशी पनि चुनाव लड्ने योजनामा रहनु भएको छ । पार्टीले भने अहिलेसम्म कसैलाई टिकट दिएको छैन ।
निर्वाचन नजिकिँदै जाँदा स्वच्छर मर्यादित रुपमा सम्पन्न गर्न आयोगद्वारा सञ्चालित विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्