तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

मङ्गलबारे । प्रतिनिधिसभा सदस्य निर्वाचन  नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले  दुवै निर्वाचन क्षेत्रमा  उम्मेदवार खडा गरेको छ । 

निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिवारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् । 

नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुनुहुन्छ भने कागते पूर्वप्रदेशसभा सदस्य हुनुहुन्छ । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी हुुनुुभएको थियो । उम्मेदवार चयन हुनुभएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुनुहुन्छ । 

निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button